
भारतमा कोरोना डरलाग्दो गरी बढिरहेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार हरेक २५ मिनेटमा एक जनाको मृत्यु हुने गरेको छ भने विगत २४ घण्टामा ४ सयको मृत्यु र संक्रमितको संख्या १८ हजार पुगेको छ ।
नयाँ दिल्लीमा मात्रै विगत २४ घण्टामा ६५ जनाको मृत्यु भएको छ भने त्यहाँ संक्रमितको संख्या १ हजार नाघेको छ ।
यो तथ्यांकसँगै विश्वमा कोरोना प्रभावित देशहरु मध्ये भारत चौथो स्थानमा पुगेको छ ।
विश्वका सबैभन्दा प्रभावित मुलुकमध्ये अमेरिका पहिलो नम्बरमा छ भने ब्राजिल, रुस र त्यसपछि भारत रहेको छ ।
यसैबीच सरकारले भारतका दर्जन भन्दा शहरहरु शील गरको छ । भारतमा कोरोना परीक्षणको दायरा भने उच्च बिन्दुमा पुगेको छ ।
भारतका अधिकांश अस्पालतहरु कोरोना संक्रमितका गम्भीर बिरामीहरुले भरिएका छन् ।
यसैबीच दिल्लीमा मुख्यमन्त्री अरबिन्द केजरीवालले भारतमा कोरोना नियन्त्रण भन्दा बाहिर गएको भन्दै सबैलाई सचेत रहन अपील गरेका छन् ।
विभिन्न शहरहरुमा मानिसको भीडभाड बढेकाले भारत न्युयोर्कको स्थितिमा पुग्ने भन्दै उनले सबैलाई सचेत रहन अपील गरेका छन् ।
भारतमा हाल लकडाउनको स्वरुप परिपर्तन गरी अनलक १ लागू गरिएको छ ।