गण्डकी प्रदेशको ३ जिल्लामा थप २४ जनामा कोरोना संक्रमण भेटिएको छ ।
आज बिहान ५ बजेर ४५ मिनेटमा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले नयाँ संङक्रमितको बारेमा पुष्टि गरेको हो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेको परीक्षणमा नवलपरासी बौदीकाली गाँउपालिका १९ वर्षदेखि ४० वर्ष उमेर समूहका १२ जना पूरुष रहेका छन् । उनीहरुलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) जिल्लाको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ
त्यस्तै म्याग्दी जिल्लाको बेनी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका ४६ वर्षका १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
त्यस्तैगरी बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २१, २६ र २७ का ३ जना पुरुष र बरेङ गाउँपालिकाका १८ देखि ४९ वर्ष उमेर समूहका ८ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । सबै सङक्रमितहरुलाई जिल्लाको सरकारी अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।