
नेपालमा आज थप ३१४ जनालाई कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा पछिल्लो २४ घन्टामा थप ३१४ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । तीमध्ये १४ जनाले ज्यान गुमाएका छन् भने ४८८ जना निको भएका छन् ।
आज थपिएका संक्रमित , रौतहट , सर्लाही , चितवन, धनुषा , बारा , दैलेख, सल्यान, सुर्खेत लगायतका जिल्लाका रहेका छन
सोमबारसम्म १ लाख ९ सय ७१ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन् ।