
भक्तपुर अस्पतालमा आइतबार राति एक सुत्केरी महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला लिसंखु गाउँपालिका–३ घर भई चाँगुनारायण नगरपालिका–४ बस्ने ३६ वर्षीया महिला रहेको प्रहरीले जनाएको छ ।
उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी टेकु अस्पताल पठाइएको छ ।
अस्पतालमा सुत्केरीको शंकास्पद मृत्यु भएपछि सेवा बन्द भएको छ ।
सुत्केरी भएपछि उनको मृत्यु भएको र बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।
चितवनमा २ चिकित्सकसहित २० जना संक्रमित थपिए
चितवनमा दुई जना चिकित्सकसहित २० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
संक्रमितहरुमा माडी नगरपालिका ६, भरतपुर महानगरपालिका ४ , क्यान्सर अस्पतालमा एक जना, पुरानो मेडिकल कलेजमा भर्ना भएका २ जना रहेका छन ।
त्यस्तै नारायणी सामुदायिक अस्पतालमा एकजना चिकित्सकसहित ३ जना संक्रमित रहेका छन् । त्यस्तै ३ जना नवलपुरका संक्रमित भेटिएका छन् ।