
बारामा सोमबार थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।
नयाँ संक्रमितमा सुवर्ण गाउँपालिका-२ का ३० वर्षीय पुरुष, वडा नम्बर ७ का १६ वर्षीय पुरुष, वडा ५ का ३० वर्षीय पुरुष र सोही वडाका २८ वर्षीया महिला र उनकी ३ वर्षीया छोरी रहेका छन् ।
बाराका डीएसपी गौतम मिश्रका अनुसार संक्रमित पाँचै जनालाई गंगापुरस्थित शैक्षिक तालिम केन्द्रको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।
हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा बसेका ३९ जनाको जेठ २३ गते स्वाब संकलन गरिएको थियो ।
तिमध्ये ५ जनामा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुरेन्द्र साहले जानकारी दिए ।