
लकडाउनले बन्द भएको सुनचाँदिको कारोबार खुलेको पहिलो दिन नै १० हजारले मुल्य बढेको छ ।
आइतबारबाट कारोबार खुलेका बजारमा छापावाला सुन प्रतितोला ८७ हजार ४ सय र तेजावी सुन प्रति तोला ८६ हजार ९ सय ६० रुपैया तोकिएको हो ।
लकडाउन पूर्व सुन प्रतितोला ७७ हजारको हाराहारीमा थियो ।
सुनचाँदि व्यवसायी महासंघले विज्ञप्ती निकालेर सरकारले बजेटमार्फत सुनको भन्साद दर थप गर्नुको साथै अन्तराष्ट्रिय बजारमा पनि सुन महंगिएको जनाएको छ ।
७३ दिन सम्म बन्द भएको सुनको कारोबार आइतबार खुल्दा मुल्य बढेको हो ।