
देशभरका भूमिसुधार र मालपोत कार्यालय भोलि आइतबारदेखि खुल्ने भएका छन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर आइतबारदेखि कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न भनेको छ ।
विगत २ महिना भन्दा बढी समयदेखि नेपालमा भई रहेको बन्दाबन्दीकाो कारणले देशभरका भूमिसुधार तथा मालपोत कार्यालयहरुबाट प्रदान गरिने सेवा अवरुद्ध भएको पछिल्लो समयमा सरोकारवाला निकाय र सेवाग्राहीबाट न्यूनतम तथा आवश्यक सवा सुचारु गर्न मागएपछि भोली आइतबार देखि देशभरका कार्यालयहरु खुलाउने निर्णय गरिएको सूचनामा बताइएको छ ।
शाखा अधिकृत कृष्ण प्रशाद जोशीले हस्ताक्षर गरेको उक्त सूचना स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारु गर्न भनिएको छ ।
हेर्नुहोस सूचना