
नेपालमा शुक्रबारसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ हजार ९ सय १२ पुगेको छ ।
जसमध्ये पुरुषको सङख्या २ हजार ७ सय १७ र महिलाको संख्या १ सय ९५ पुगेको छ ।
संक्रमितको संख्या २९ सय नाघ्दा सङक्रमित भएको जिल्लाको संख्या ६८ पुगेको छ । अहिलेसम्म ३ सय ३३ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ११ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रदेश १ मा अहिलेसम्म २ सय ४२ जना सङक्रमित फेला परेका छन् । जसमध्ये ७६ जना उपचारपछि निको भएर घर फर्केका छन् भने १ सय ६६ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । प्रदेश १ को १२ जिल्लामा कोरोना संङक्रमण फेला परेको छ ।
प्रदेश | संक्रमण फैलिएका जिल्ला | अस्पतालमा उपचाररथ | डिस्चार्ज भएका | ज्यान गुमाएका | कुल संक्रमितको संख्या |
---|---|---|---|---|---|
जम्मा | ६८ | २५६८ | ३३३ | ११ | २९१२ |
प्रदेश १ | १२ | १६६ | ७६ | ० | २४२ |
प्रदेश २ | ८ | ८७१ | १२१ | १ | ९९३ |
बाग्मती प्रदेश | १२ | ५० | ३२ | ३ | ८५ |
गण्डकी प्रदेश | ९ | ५४ | ३ | ० | ५७ |
प्रदेश ५ | ११ | ८६९ | ९२ | ४ | ९६५ |
कर्णाली प्रदेश | ७ | ४७५ | २ | २ | ४७९ |
सुदुरपश्चिम प्रदेश | ९ | ८३ | ७ | १ | ९१ |
प्रदेश २ मा अहिलेसम्म ९ सय ९३ जना सङक्रमित फेला परेका छन् । जसमध्ये १ सय २१ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ८ सय ७१ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । प्रदेश २ सम्पूर्ण जिल्ला (८ वटै जिल्लामा) कोरोना संङक्रमण फेला परेको छ । यस प्रदेशबाट कोरोनाको कारणले १ जनाको ज्यान गइसकेको छ ।
बाग्मती प्रदेशमा मा अहिलेसम्म ८५ जना सङक्रमित फेला परेका छन् । जसमध्ये ३२ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ५० संङक्रमितहरु विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । बाग्मती प्रदेशमा १२ जिल्लामा कोरोना संङक्रमण फैलिएको छ । यस प्रदेशबाट कोरोनाको कारणले ३ जनाको ज्यान गइसकेको छ ।
गण्डकी प्रदेशमा मा अहिलेसम्म ५७ जना सङक्रमित फेला परेका छन् । जसमध्ये ३ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ५४ विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । गण्डकी प्रदेशमा ९ जिल्लामा कोरोना संङक्रमण फैलिएको छ ।
प्रदेश ५ मा मा अहिलेसम्म ९ सय ६५ जना सङक्रमित फेला परेका छन् । जसमध्ये ९२ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ८ सय ६९ विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । प्रदेश ५ का ११ जिल्लामा कोरोना संङक्रमण फैलिएको छ । यस प्रदेशबाट कोरोनाको कारणले ४ जनाको ज्यान गइसकेको छ ।
कर्णाली प्रदेशमा मा अहिलेसम्म ४ सय ७९ जना सङक्रमित फेला परेका छन् । जसमध्ये २ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ४ सय ७५ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने २ जनाको ज्यान गइसकेको छ । कर्णाली प्रदेशका ७ जिल्लामा कोरोना संङक्रमण फैलिएको छ । आज सुर्खेतका १८ वर्षिय युवाको ज्यान गएसँगै कर्णालीमा ज्यान गुमाउनेको सङख्या २ पुगेको हो ।
सुदुरपश्चिम प्रदेशमा मा अहिलेसम्म ९१ जना सङक्रमित फेला परेका छन् । जसमध्ये ७ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ८३ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने १ जनाको ज्यान गइसकेको छ । सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा कोरोना संङक्रमण फैलिएको छ ।