
अहिले विश्वनै कोरोनाको चपेटामा परेको छ । यसबाट नेपालमात्र हैन विश्वका १ सय ३० ओटा देशहरुमा लकडाउन गरिएको छ । केहिमा बिस्तारै खोल्न शुरु गरिएको छ भने केहि झन कडा रुपमा प्रस्तुत भइरहेका छन् । कोरोनाका कारण फिल्म उधोग पनि अछुतो रहन सकेन ।
अहिले कोरोनाले भारत पनि आक्रान्त बनेको छ । धेरै चलचित्रहरु प्रदशन हुन पाएका छैन्न भने सुटिङ् नै रोकिएका छन् । त्यो भन्दा पनि बलिउडले यो लकडाउनको अवधीमा धेरै कलाकारहरु गुमायो । ३४ दिनको अवधिमा ऋषि कपुर, इरफान खान देखि लिएर वाजिद सम्म आइपुग्दा १६ जना सक्रिय कलाकारको निधन भइसकेको छ ।
बुधवार बिहान मात्र मनोरञ्जन जगतकी अर्की एक अभिनेत्रीले आ त्मह त्या गरेकी छिन् । कन्नड नायिका चन्दनाले २८ मे मा विष सेवन गरेर आ त्मह त्या गरेकी छिन् । २९ वर्षकी चन्दनाले बेंगलुरुस्थित आफ्नो घरमा आ त्मह त्या गरेकी थिइन् ।

त्यस्तै बलिउडका कास्टिङग निर्देशक क्रिस कपुरको निधन भएको छ ।
कार दुर्घटनामा उनको निधन भएको बताइएको छ ।

उनले जलेवी, विरे दि विडिङग लगायतका चलचित्रमा काम गरेका थिए ।
साथै डिजिटल दुनियाँमा पनि उनले कदम राखेको बताइएको छ ।