
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आज (शनिबार) निकालेको विज्ञप्तीमा चितवन गड्यौली निवासी २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तर ती महिला चितवनमा नरहेको पुष्टि भएको छ । ती महिला हाल काठमाडौंमै रहेकी छिन् । उनले काठमाडौंकै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गराएकी थिइन् ।
ती संक्रमित महिला कहिले काठमाडौं गएकी हुन् भन्ने बारे खुलेको छैन । यसबारे कन्ट्याक्ट ट्रेसिङ हुनेछ ।
भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले चितवनमा शुक्रबार परीक्षण गरिएकोमा कसैकोमा पनि कोरोना संक्रमण नदेखिएको बताए ।
उनले संक्रमित भनिएकी महिलाको परीक्षण काठमाडौंमै गरिएकाले सोही ठाउँमा बसोबास गरेको हुन सक्ने बताए ।
कोरोना परीक्षण गराउने बेलामा स्थायी ठेगाना चितवन लेखिएको तर यी महिला अस्थाई मा काठमाडौंमै बसोबास गर्ने बुझिएको छ ।
यसअगाडी चितवनमा २ जना कोरोना संक्रमितहरु निको भएर गएका छन् । आज भेटिएकी महिलाको ठेगाना चितवन राख्दा संक्रमितको संख्या ३ पुगेको हो ।
उनले काठमाडौंमै नमुना परिक्षण गराएकी हुन ।
प्रारम्भिक जानकारी अनुसार युवती चितवन आउजाउ पनि नभएको बुझिएको छ तर थप जानकारी लिने र लकडाउनको बेला चितवन आए नआएको पुष्टि हुन बाँकि छ ।