
कतारले ८ जना नेपाली कामदारलाई आममाफी दिएको छ ।
रमादानको अवसरमा दिइने आममाफीबाट यसपटक ८ जना नेपाली कैदीहरुले आममाफी पाएका हुन् ।
कतारस्थित कारागारमा विभिन्न सजायमा बन्दी जीवन बिताइरहेका नेपालीहरुलाई नियमानुसार आममाफी दिइएको नेपाली दूतावासले जानकारी गराएको छ ।
दुतावासका द्वितिय सचिव प्रविन भट्टराईले ८ नेपाली कैदीहरुले आममाफी पाएको पुष्टि गरे ।
तर आममाफी पाएका नेपाली कामदारको नाम र ठेगाना सार्वजनिक गरिएको छैन ।
यसअघि कोरोना भाइरसको महामारीको अवस्थामा १८ नेपालीले आममाफी पाएका थिए ।