
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको त्रुटिका कारण कोरोना संक्रमितको संख्या बढेको पाइएको छ ।
बिहिबार बिहान मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको जनाइए पनि उक्त संख्यामा पाँच जना पुरानै संक्रमित भएको मन्त्रालयले अर्काे विज्ञप्तिमार्फत प्रष्ट पारेको छ ।
आज विहान जारी विज्ञप्तिमा संक्रमितको संख्या बढाएर सार्वजनिक गरिदा प्रायः सबै अनलाईन सञ्चार माध्ययहरुले प्राथमिक्ताका साथ संक्रमितको संख्या दुई सय ५० पुग्यो भनेर समाचार प्रकाशन गरेका थिए ।
मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभर दुई सय ४५ संक्रमित रहेका छन् । आज फेला परेका नयाँ संक्रमितमध्ये काठमाडौं चन्द्रागिरिका ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका रहेका छन् ।
यसअगाडी “कोरोना अपडेट : संक्रमित २५० पुगे, काठमाडौंमा ७ जना” शिर्षकमा प्रकाशित भएको सूचना स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीको आधारमा राखिएको थियो । तर मन्त्रालयको सूचनामा ५ जना पुरानै संक्रमित भएकाले सङख्या २ सय ४५ नै रहेको हुँदा पाठकहरुमा पर्न गएको भ्रमप्रति क्षमायाचना प्रकट गर्दछौं ।
काठमाडौंमा भने संक्रमितको सङख्या भने ७ नै पुगेको छ ।