
आज कपिलवस्तुमा संक्रमित पुष्टि भएका ८ जनामध्ये ४ जना सुरक्षाकर्मी भएको खुलेको छ ।
कपिलवस्तुका प्रमुख अधिकारी दीर्घ नारायण पौडेलले चारजना सुरक्षाकर्मीमा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
सर्वसाधारणको सुरक्षामा खटिएका नेपाल प्रहरीका २ जना (एक हवल्दार र एक सई), सशस्त्र प्रहरीका सई र राष्ट्रिय अनुन्धान विभागका असईमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुलाई उपचारका लागि बुटवलमा लग्ने कि कपिलबस्तुमै राख्ने भन्नेमा छलफल भइरहेको उनले बताए । उनका अनुसार चारै जनाको अवस्था सामन्य रहेको छ भने अन्य संक्रमतिलाई पनि कहाँ उपचार गर्ने भन्नेबारे छलफल भइरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको विवरणअनुसार कपिलबस्तुमा थप ८ जनामा कोरोना पुष्टि भएको उल्लेख थियो । जसमा २२, २९, ३२, ४०,४०, ४०, ४२, ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिए ।
उनीहरु स्वाव परीक्षणको नमूना संकलन कार्यमा खटिएको बुझिएको छ ।
यसअघि कपिलबस्तुमा एक नर्समा पनि कोरोना संक्रमित भएका थिए ।