
पर्सा स्थित नारायणी अस्पतालबाट भागेका २ कोरोना संक्रमित मध्ये १ जना फेला परेका छन्।
कोरोना पुस्टि भएपछि आइसोलेसन वार्डमा बसेर उपचार गराईरहेका उनीहरु आज दिउसो ४ बजे शौचालयको भेन्टिलेसन फोडेर भागेका थिए।
ती मध्ये एक जना वीरगन्जकै श्रीराम हलमा भेटिएका छन्।
लकडाउनका कारण बन्द रहेको उक्त हलभित्र उनी बसिरहेको अवस्थामा फेला परेका हुन।
अर्का व्यक्तिको भने खोजी कार्य भैरहेको छ। अस्पतालको सुरक्षा व्यवस्था राम्रो हुन नसक्दा उनीहरु भागेका हुन् ।
जनकपुरमा मेडिकल सञ्चालन गर्ने ३५ वर्षीय युवालाई कोरोना
जनकपुरमा मेडिकल सञ्चालन गर्दै आएका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ। ती संक्रमित महोत्तरीको स्थायी बासिन्दा भएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मेडिकल सञ्चालन गर्ने ३५ वर्षीय युवा जलेश्वर नगरपालिका स्थायी निवासी हुन् । उनले केही वर्षयता जनकपुरमै मेडिकल सञ्चालन गर्दै आएका छन् ।
संक्रमितलाई हाल जनकपुर अस्पतालमा राखिएको छ । यता अर्का संक्रमित महोत्तरीको बलवा नगरपालिका १६ वर्षीय पुरुष हुन् ।
उनीहरु दुबैमा मंगलबार कोरोना पुष्टि भएको थियो ।