
भारत । भारतमा कोरोना भाइरसका कारण मंगलबार एकै दिन १ सय २१ जनाको मृत्यू भएको छ । यो सँगै हालसम्म भारतमा मृत्यू हुनेको संख्या २ हजार ४ सय १५ पुगेको छ । मंगलबारमात्रै झण्डै ३ हजार ६ सय भन्दा बढी संक्रमित फेला परेका छन् ।
कोरोना भाइरसका कारण भारतमा थप भयावहस्थिति सिर्जना भएको हो ।भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ७४ हजार नाघेको छ । संक्रमितमध्ये २४ हजारभन्दा बढी निको भएर घर फर्किका छन् । गम्भीर कति छन् त्यसबारे भने रिपोर्ट दिइएको छैन ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै २० लाख करोडको विशेष आर्थिक प्याकेज घोषणा गरेका छन् । मोदीले मंगलबार राति ३३ मिनेट लामो सम्बोधन गर्दै देशको आर्थिक गतिविधिलाई रफ्तारमा लैजान यस्तो विशेष आर्थिक प्याकेज घोषणा गरेका हुन् ।