
भारतीय मोडल तथा नायिका पुनम पाण्डे पक्राउ परेकी छिन् । आइतबार लकडाउन उल्लंघन गरेपछि उनलाई मुम्बई पुलिसले पक्राउ गरेको हो ।
पुनम बीएमडब्ल्यू कारमा आफ्ना साथीहरुसँग घुमिरहेकी छिन् । पुनममाथि सरकारी आदेशको उल्लंघन गरेको आरोप लागेको छ । पुलिसले पुनमका साथै उनका साथी सेम अहमदलाई पक्राउ गरेको छ ।
मुम्बई पुलिसका अनुसार पुनम र उनका साथीलाई मरिन ड्राइभ इलाकामा एक पाँच तारे होटल बाहिर पक्राउ गरिएको हो । पुलिसले उनको कार पनि जफत गरेको छ । आज उनलाई अदालतमा पेश गरिनेछ ।
केहि समय अघि सिल्पा सेट्ठीकाे श्रीमान राज कुन्द्रा बिरुद्ध अदालतमा मुद्धा लागेर चर्चामा आएकी थिइन् । नग्नतामा रमाउने पुनम पक्राउ पर्दा फ्यानले मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।
त्यस्तै उनी काेराेना किस भन्दै रुमाल बाधेर किस गरेकाे फाेटाेले भाइरल भएकी थिइन् । संसार नै कोरोना भाइरस को त्रासमा रहेको बेला पूनमले पनि यसबारे सावधानी अपनाएकी हुन् । पूनमले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरेकी छिन् । जहाँ उनले मुखमा रुमाल बाधेर ब्वाइफ्रेण्डलाई लिपकिस गरिरहेकी छिन् ।
https://www.instagram.com/p/B94gfxUJm2c/
उनका ब्वाइफ्रेण्डले पनि मुखमा रुमाल बाधेका छन् । यो तस्बिर अहिले सामाजिक सञ्जालमा सर्वाधिक भाइरल भैरहेको छ । यसलाई कोरोना किस भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले चासो व्यक्त गरेका छन् ।
पुनमको यो तस्वीरलाई लिएर कतिले मास्कवाला लभ भनेका छन् भने कतिपयले कोरोना प्यार है भन्दै क्याप्सन दिएका छन् ।
उनी गत असारमा नेपाल आएकी थिइन् । उनी नेपाल आएपछि काठमाडौंको दरबारमार्गस्थित डेजाभु क्लवमा फ्यानहरुको भिड नै लागेको थियो ।
मोडल पाण्डेले सन् २०१७ मा सम्पन्न विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गै हुन्छु भन्ने अभिव्यक्ति दिएर विवादमा आएकी थिइन् ।
१० फोटोका कारण बनेकी थिईन् चर्चित
किंगफिशर मोडलिङबाट यात्रा शुरु गरेकी पुनम पाण्डे बलिउडकी सर्वाधिक बोल्ड सेलेब्रेटी मानिन्छिन ।
केही समय अघि मात्रै उनको चलचित्र नशा पनि सार्वजनिक भएको थियो ।
अनेक हर्कत गरेर विवाद आउने र मिडियाबाट पर बस्नै नसक्ने रोग लागेकी पुनमलाइ सलमान खानले होस्ट गर्ने कार्यक्रममा बिग बोसमा पनि अफर गरिएको थियो ।
बताइए अनुसार पुनमलाइ बिग बोसका लागी २ करोड भारुको अफर गरिएको थियो। तर उनले रकम कम भएको भन्दै त्यसलाइ इन्कार गरिदिएकी छिन् ।
बिगबोस जान नमानेको कुरा पनि उनकेो चर्चा छ आजकल ।
हरेका कुरामा चर्चामा आउने विषयलाई प्राथमिकता राख्ने पुनम आजको अवस्थमा आउन पनि अनेक नौटंकी गरेकी थिइन् ।
उनले ट्विटरमा हरेक हप्ता जस्तो बोल्ड तस्विर सार्वजनिक गरेर सनसनी मच्चाउने गरेकी थिइन् ।