
लन्डन । कोरोनाभाइरस (कोभिड १९) को संक्रमणबाट बेलायतमा अर्का एकजना पूर्व गोर्खा सैनिकको निधन भएको छ ।
बेलायतको मेईडस्टोनस्थित मेईडस्टोन अस्पतालमा कर्ण बहादुर राईको उपचारको क्रममा निधन भएको हो ।
ताप्लेजुङ जिल्लाको मौवाखोला गाउँपालिका स्थायी घर भएका राई छोरा र छोरीज्वाईंका साथ बेलायतमा बस्दै आएका थिए । उनको दुई छोरा, चार छोरी छन् ।
७७ वर्षीय राईलाई कोरोनाको लक्षण घरमै देखिएको थियो । उनलाई शुरुमा टाउको दुख्ने गरेको थियो भने पछि श्वास फेर्न गाह्रो भएको थियो । उनलाई भेण्टिलेटरमा राखी उपचार गरिँदैथियो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल लागिएको थियो । उनको अस्पतालमा नै निधन भएको हो ।
बेलायत आएको केही महिनामै राईकी श्रीमतीको निधन भएको थियो । उनी हाल एक छोरा, एक छोरीसित बेलायतमा बस्दै आएका थिए । ।

सेभेन्थ गोरखा राइफल्सका राईको आर्मी नम्बर २११५२९७५ रहेको छ ।