
भारतमा कोरोनाको संक्रमण जेल भित्र पनि पाइएको छ। मुम्बईको आर्थर रोडमा कैदीहरुमा कोरोना संक्रमण देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। आर्थर जेलमा १०३ जनामा कोरोना संक्रमण फेला परेको हो।
जसमा ७७ कैदी र अन्य २६ जना जेलका स्टाफ रहेका छन्। कोरोना पोजेटिभ पाइएका कैदीहरुलाई शुक्रबार अस्पताल लगिने बताइएको छ। आर्थर रोड जेल मुम्बईको सबैभन्दा पुरानो जेल हो।
उक्त जेलमा २ हजार भन्दा बढि कैदी राखिएको छ। जबकी जेलको क्षमता भने ८ सय जनाको मात्र छ। कोरोना महामारीमा सामाजिक दूरी कायम नभएपछि संक्रमणा फैलिएको हो।
बुधबार एक ४५ बर्षीय कैदीमा कोरोना पोजेटिभ पाइएपछि २ सय जनाको स्वाव परिक्षण गरिएको थियो। जसमा १ सय ३ जनाको नजिता पोजेटिभ देखिएको हो। अन्य कैदीहरुको परिक्षण हुन बाँकी छ।