
भारतमा रासायनिक ग्यास चुुहावट हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ।
आन्ध्र प्रदेशको विशाखापटनममा एलजी पोलिमर प्लान्टमा बिहीबार रासायनिक ग्यास चुहावट हुँदा ९ जनाको ज्यान गएको हो। कम्तिमा ३ सय जना मानिसलाई अस्पताल भर्ना गरिएको छ। प्रहरीले सयौं व्यक्तिलाई नजिकको क्षेत्रबाट हटाएको छ।
Spoke to officials of MHA and NDMA regarding the situation in Visakhapatnam, which is being monitored closely.
I pray for everyone’s safety and well-being in Visakhapatnam.
— Narendra Modi (@narendramodi) May 7, 2020
बिहीबार बिहान प्लान्टबाट स्टेरिन ग्यास चुहिँदा आसपासका गाउँका मानिसहरू निदाइरहेका थिए। बृहत्तर विशाखापट्नम नगर निगमका आयुक्त श्रीजना गुमलाले ट्वीटरमा लेखेका छन्, ”सयौं मानिसको भित्र सास फर्के बेला यो ग्यास पसेको छ। जसका कारण मानिस या त बेहोश अवस्थामा छन् र सास फेर्न समस्या भइरहेको छ।”
विशाखापटनमका प्रहरी सहायक आयुक्त स्वरूप रूणीले समाचार एजेन्सी रोयटर्सलाई बताए अनुसार कम्तिमा ९ जनाको मृत्यु भएको छ र ३ सय देखि ४ सय मानिसहरूलाई अस्पतालमा भर्ना गरिएको छ।
ग्यास चुहवाट भएको क्षेत्रबाट कम्तिमा १५ सय जनाको उद्धार गरिएको छ। अधिकारीहरुका अनुसार प्लान्ट नजिकको करिब तीन किलोमिटर क्षेत्रमा धेरै जोखिम छ। प्रहरीले ३ जनाको प्लान्ट नजिकै मृत्यु भएको र अन्यको उपचारको क्रममा निधन भएको जनाएको छ।
प्लान्ट व्यवस्थापन विरुद्ध मुद्धा दायर गरिएको छ। प्रहरीले ५ गाँउ खाली गरेर अन्य इलाकामा सारेको छ। धेरैलाई आखा पोल्ने र सास लिन समस्या भएको छ। खासगरि बृद्ध र बालबालिकाहरुमा यसको बढि असर देखिएको छ।