
नेपालमा २४ घण्टामा ११४ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज ११४ जना नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् ।
देश विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा नयाँ संक्रमितहरु फेला परेका हुन् । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ११ जनाको नतिजा पोजेटिभ आएको छ । ती सबै सप्तरी जिल्लाका बासिन्दा हुन् । त्यस्तैगरी कोशी अञ्चल अस्पतालमा गरिएको परिक्षणमा १७ जनाको नतिजा पोजेटिभ आएको छ । ति सबै झापामा जिल्लाका बासिन्दा हुन् । झापा गौरादहका २ जना र कचनकवल गाउँपालिकाका १५ गरेर १७ जनामा पोजेटिभ देखिएको हो ।
त्यस्तै हेटौंडमा गरिएको परिक्षणमा ८ जनामा पोजेटिभ देखिएको छ । जसमध्ये मकवानपुरका १ र रौतहटको ७ जना रहेका छन् ।
त्यस्तै पोखरामा गरिएको परिक्षणमा बाग्लुङ जिल्लका ६ जनामा पोजेटिभ देखिएको छ । २ जना संक्रमित निको भएर घर फर्केको ५६ औं दिनमा बाग्लुङ्ग जिल्लामा थप ६ जना संक्रमित भेटिएका हुन् ।
दाङमा गरिएको परिक्षणमा १८ जनामा पोजेटिभ नतिजा देखिएको छ । जसमध्ये रुकुम पूर्वका ३ जना र दाङका १५ जना रहेका छन् ।
त्यस्तै गरी भेरी अञ्चल अस्पतालमा गरिएको परिक्षणमा बाँके जिल्लाका १६ जनामा पोजेटिभ देखिएको छ ।
राष्ट्रिय जनसवास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ३८ जनामा संक्रमण देखिएको छ । उनीहरु रौतहटका २८ जना, बाराका ८ जना, सप्तरीका १ जना र सिराहाका १ जना रहेका छन् ।
योसँगै नेपालसमा संक्रमित भएका व्यक्तिको संख्या ८८६ पुगेको छ ।
जसमध्ये ७९६ जना पुरुष छन् भने ९० जना महिला छन् ।
कुल संक्रमितमध्ये हालसम्म नेपालमा ४ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये १८३ जना उपचारपछि निको भएका छन्। मंगलबार राती नारायणी कोभिड अस्थायी अस्पतालबाट २१, बुधबार कोशी अस्पतालबाट ४ र भेरीस्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या १८३ पुगेको छ ।