
नायिका पूजा शर्मा र अर्की नायिका आँचल शर्माविचको सम्बन्ध सुमधुर थिएन ।
सामाजिक संजालमा यी दुइले एक अर्कालाई गर्ने कटाक्ष पनि यसको उदाहरण हो । पूजा र आँचलको सम्बन्धको बिषयमा चलचित्र क्षेत्र नै जानकार छ ।
नायिका आँचल शर्माको बिहे पार्टी छल्नका लागि पूजा चलचित्र ‘म यस्तो गीत गाउँछु २’को टिमसहित मुक्तिनाथ पुगेको खबर पनि गसिप बजारमा चर्चामा रह्यो ।
तर, पूजाले भने यो कुरालाई अस्विकार गर्दै आएकी छिन् ।
उनले, आफूले पहिले नै योजना बनाएकाले मुक्तिनाथ पुगेको बताएकी छिन् ।
चर्चित दुई अभिनेत्री बीच पानी बाराबारको सम्बन्ध भएको जानकारीमा आएको जापानको टोकियोमा सूर्य इन्टरनेशनल अवार्डका लागि हिँडेका कलाकार पूजा र आँचलबीचको सम्बन्ध विमानस्थलमा छर्लङ्ग भएको थियो ।
उनिहरु विमानस्थल देखी नै बोलेनन् । बोल्ने त के कुरा एकअर्काको अनुहार समेत हेरेनन् । केही समयअघि पूजालाई लक्षित गरी आँचलले फेसबुकमा स्ट्याटस लेखेपछि सम्बन्धमा रहेको खटपटको शंका गरिएको थियो ।

तर, अब यी दुइले एक अर्कासँगको शितयुद्धलाई विर्सने सोच बनाएको वुझ्न सकिन्छ ।
ह्याकरले आँचल शर्माकाे फोटो जाेडेर अश्चिल भिडियाे सार्वजनिक गरेपछि नेपाली चलचित्र क्षेत्र निकै तनावमा रह्याे ।
ह्याकरले १२ जना नायिकाकाे डिभाइसमा पुगिसकेकाे र अब चाडै अन्य भिडियाे पनि आउट गर्ने धम्की दिएपछि उनीहरु मिलेकाे बुझ्न सकिन्छ ।
नायिकाहरु एकले अर्काकाे समर्थन गर्न थाले ।
आँचल शर्मालाई पुजा शर्माले साथ दिइन जस्काे फलस्वरुप लामाे समयदेखिकाे दुस्मनी टुङ्गियाे ।

उनीहरु इस्टामा साथी भएका छन् ।
नायिकाहरुको फेक अश्लिल भिडियोको बिषयमा पूजा र आँचलले पनि आवाज उठाएका थिए ।
यो बिषयमा यी दुइविच फोनमा कुराकानी पनि भएको वुझिएको छ ।
पूजा र आँचलले एक अर्कासँगको सबै मनमुटावलाई विर्सिएर साथी बन्ने निर्णय गरेका हुन् भने यो सुखद कुरा हो ।