
कपिलवस्तु – शुक्रबार कपिल वस्तु जिल्लामा कोरोना सङ्क्रमणको पुष्टि भएका ९ मध्ये दुई जना पत्रकार रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार मायादेवी गाउंपालिकाका ३ जना, वाणगंगा नगरपालिकाका ५ जना र कपिलवस्तु नगरपालिकाका १ जनामा कोरोना भाइसको सङ्क्रमण पुष्टि भएको हो जसमध्ये २ जना पत्रकार पनि रहेका हुन् ।
कपिलवस्तु जिल्लामा यसअघिका ६० जनासहित हालसम्म कुल ६९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
भेटिएका २ जना स्थानीय पत्रकार भएको बताइएको छ । उनीहरु २४ र २९ वर्षका हुन् ।
बिश्वमा महामारीको रुप लिईरहेको कोरना भाईरस (कोभिड १९) संक्रमण दिन प्रतिदिन बढिरहेको छ ।
नेपालमा पनि पछिल्लो समय यसको संक्रमण दर उच्च रहेको छ । यो समाचार तयार गर्ने बेला सम्म बिश्वमा संक्रमितको संख्या ५१ लाख ९७ हजार ७ सय ७६ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार ६ सय ७५ रहेको छ ।
त्यस्तै रोग लागेर उपचार पछि निको हुनेको संख्या २० लाख ८२ हजार ७ सय १७ छ ।
नेपालमा पछिल्लो अपडेट अनुसार आज मात्र थप ३० जनामा संक्रमण देखिएको छ ।
यो संगै नेपालमा संक्रमित ब्यक्तिको संख्या ४ सय ८७ पुगेको छ भने ३ जनाले कोभिड १९ को कारण ज्यान गुमाएका छन् ।