
काठमाडौं । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारत अवस्थामा गुल्मीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
उनको बिहीबार बिहान सबा ८ बजे मृत्यु भएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको हो।
हिजो बिहान १० बजे उनको निधन भएको खबर सामाजिक विकास मन्त्रि सुदर्शन बरालले दिएतापनि अस्तपतालले दिउँसो १२ बजे आसपासको समयमा एक विज्ञप्ती जारी गर्दै उनको निधन नभएको प्रष्ट पारेको थियो ।
अस्तपताका जनसम्पर्क अधिकृत चन्द्रकान्त बश्यालले हिजो (बुधबार) ११ बजे हामीसँगको टेलिफोन सम्पर्कमा भनेका थिए “मन्त्रिज्यूलाई कसैले गलत सूचना दियो, सोही सूचना मन्त्रिज्यूले मिडियलाई दिनुभयो ।” दुइवटा खबर बाहिरिएपछि मन्त्रिलाई गलत सूचना दिने व्यक्तिलाई कारवाहीको माग पनि जनस्तरबाट उठेको छ ।
आज अस्पतालको विज्ञप्ति नआएर सामाजिक विकास मन्त्रालयको विज्ञप्ती आएको छ । यसविषयमा जनसम्पर्क अधिकृतसँग हामीले पटक पटक फोन सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।
मृतक पेशाले शिक्षक हुन् ।
योसंगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी जेठ १ गते अर्घाखाँचीको सन्धिखर्कस्थित छाँया पोलिक्लिनिकमा पुगेका थिए ।
त्यहाँ उपचार सम्भव नभएपछि बुटवलमा रहेको क्रिम्सन अस्पताल पुर्याइएको थियो । बुटवलमा भर्ना भएको १२ घण्टापछि भेन्टिलेटरमा राखिएको थियो । जेठ २ गते स्वा’ब संकलन गरी भैरहवास्थित प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा जेठ ५ गते कोरोना कोरोना संक्रमणको पुष्टि भएको थियो।