सोमबार थप एकजनामा कोरोना संक्रमण देखिएको छ।
मोरङको रतुवामाई नगरपालिका-१, सोनापुरका युवकमा कोरोना देखिएको हो।
२५ वर्षीय युवकमा कोरोना पुष्टि भएको नगरपालिकाका मेयर रविन राईले जानकारी दिए।
संक्रमित युवक गत शनिबार राति भारतको मुम्बईबाट नेपाल आएका थिए।
योसँगै संक्रमितको संख्या ३ सय ५ पुगेको छ।
तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारेमा आधिकारिक रुपमा पुष्टि गरेको छैन । आजको प्रेस ब्रिफिङमा यसबारे सूचना दिने बुझिएको छ ।
मोरङमा हिजोमात्र २ जनामा कोरोना संक्रमण देखिएको थियो नयाँ संक्रमित फेला परेसँगै मोरङमा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ३ पुगेको छ ।