
समाचार संकलनका क्रममा फिल्डमा हिड्ने पत्रकार कोरोनाको जोखिममा परेका छन् ।
बाराको एक स्थानीय रेडियोमा कार्यरत संचारकर्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
करैयामाई गाउँपालिका ५ का ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि सतर्कता अपनाइको छ ।
तराईका केही जिल्लामा पत्रकारमा कोरोना पुष्टि भएको हो ।
पछिल्लो समयमा कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर काम गरेका पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पनि कोरोना देखिएको छ ।
मुलुकका विभिन्न स्थानमा नेपाली सेना र प्रहरीका ९ जना सुरक्षाकर्मीमा अहिले सम्म कोरानो पुष्टि भएको छ ।
पर्साका दुई पत्रकारमा कोरोना देखिएपछि नेपाल पत्रकार महासंघ बारा शाखाको पहलमा बारामा ४३ संचारकर्मीको स्वाब परीक्षणका लागि पठाइएको थियो ।
स्वाब संकलन गरिएकामध्ये एकजनाको पीसीआर पोजिटिभ आएको हो ।
संक्रमित रेडियोकर्मी पुरुषलाई पनि प्रशासनको सहयोगमा कलैयास्थित कोरोना अस्पतालमा पठाउन लागिएको पत्रकार महासंघ बाराका अध्यक्ष कमलकुमार उपाध्यायले जानकारी दिएका छन् ।
उनीसंगको सम्पर्कमा रहेकाहरुको पनि खोजी थालिएको छ ।
योसँगै बारामा संक्रमितको संख्या चार पुगेको छ ।
यसअघि जिल्ला प्रहरी कार्यलय बारामा कार्यरत एक प्रहरी जवानसहित जीतपुरसिमरा उपमहानगरपालिकाका २ र बिश्रामपुर गाउपालिकाका १ पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।
प्रहरी जवान भने रौतहटका हुन्।