
कोरोना भाइरसको संक्रमणबाट साउथ इस्ट लन्डनमा एक जना चार्टर्ड एकाउटेन्टको निधन भएको छ।
उच्च ज्वरो र खोकीसहित श्वास प्रश्वासमा समस्या भएपछि १० दिनअघि सेन्ट थोमस अस्पताल लण्डनमा भर्ना भएका ध्रुवकुमार श्रेष्ठको शनिवार राति १२ बजे निधन भएको विनेपालीले जनाएको छ।
मधुमेहका सामान्य विरामी रहेका श्रेष्ठ लण्डनमा आफ्नै एकाउन्टेन्सी फर्म सन्चालन गर्दै आएका थिए। पोखरा स्थायी घर भएका ४६ वर्षीय श्रेष्ठका श्रीमती, दुई छोरी र एक छोरा छन्।
उनले नेपालबाट आमा र बुवालाई बेलायत घुम्न ल्याएका थिए। अहिले दुवै जना बेलायतमै हुनुहुन्छ। श्रेष्ठ दक्षिण पूर्वी लण्डनको उलीचमा लामो समय बसोबास गरी भर्खरै वेक्स्लीहिथमा सरेका थिए। उनको कोरोनाबाट निधन भएपछि परिवारका सदस्यहरुलाई आइसोलेनमा राखिएको छ।
कोरोनाग्रस्त बेलायतमा कोरोनाबाट १७ नेपालीको ज्यान गइसकेको छ।