
कुवेतमा शुक्रबार थप ४ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । यो सँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या १९ पुगेको छ ।
कुवेतको स्वास्थ्यले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार ४ नेपालीसहित १ सय ३४ जना नयाँ संक्रामित फेला परेका हुन् । यो सँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या १ हजार ६ सय ५८ पुगेको छ ।तीमध्ये ५ जनाको ज्यान गएको छ, भने २ सय ५८ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै ३२ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।
यसैबीच कुवेतमा रहेका विदेशी नागरिकका लागि ३ महिनाको भिसा स्वत: थपिने भएको छ ।
मार्च १ देखि ३१ मेसम्मका लागि कुवेतको आवासीय भिसा स्वत: थप हुने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।यो नियम कुवेतमा रहेका तथा आवासीय भिसा सकिएका सबैमा र प्रवेश भिसामा कुवेत गएर कुवेतको आवासीय भिसा सकिएकाको हकमा पनि लागू हुनेछ ।