
एजेन्सी- दक्षिण अफ्रिकाका एक पास्टर रुफुस फालाले आफ्ना सदस्यहरुलाई डेटोल खुवाएका छन्‚ जसबाट ५९ जनाको मृत्यु भइसकेको छ भने ४ जना स्थिति गम्भीर रहेको जनाइएको छ।
स्थानीय प्रहरीले उक्त घटनाको बारेमा अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार ती चर्चका सदस्यहरुलाई डेटोलको सेवनले कोरोना भाइरससँगै अन्य रोग पनि निको पार्ने भनी विश्वास दिलाइएको थियो।
र यो पनि पढ्नुहोस्
‘भाइरसभन्दा यशु ठुलो’ भन्ने धर्मगुरुको कोरोनाबाट मृत्यु
भाइरसभन्दा यशु ठूलो भन्ने धर्मगुरुको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
अमेरिकाको भर्जिनियास्थित न्यु डेलिभिरेन्स इभान्जेलिस्टक चर्चका पास्टर विशप जेरल्ड ग्लेनको आइतबार कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो।
ग्लेनकी नातिनी मार्गेरी क्रलीले एक भिडियो सन्देश जारी गर्दै आफ्ना हजुरबुबालाई कोरोना भएको पुष्टि गरेकी छिन्।
कोरोना भाइरसले विश्व महामारीको रुप लिनुअघि ग्लेनले २२ मार्चमा भक्तजनलाई भाइरस भन्दा यशु ठूलो भन्दै प्रवचन दिएका थिए। उनले आफुलाई मर्ने डर नभएको भन्दै यशुले बचाउने बताएका थिए।
कोरोना भाइरसबाट यशुले बचाउने प्रवचन दिएका धर्मगुरुको नै कोरोनाबाट मृत्यु भएको खबरले अहिले निकै चर्चा पाएको छ। चर्चले उनको निधनमा गहिरो शोक प्रकट गरेको छ।