
यौ-न भिडियो खिचेर पैसाको बार्गेनिङ गर्ने दुई जनालाई प्रहरीले प क्राउ गरेको छ ।
रामेछाप दिमीपोखरीका श्याम राय र सुरज रायलाई प क्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
उनीहरुले बागबजारको न्यु नमस्ते गेस्ट हाउसमा युवक र युवतीलाई मादक पदार्थ सेवन गराई यौ$न सम्पर्क गर्न लगाई भिडियो खिचेको प्रहरीले जनाएको छ ।
पछि उक्त भिडियो सामाजिक सञ्जालमा हालिदिने भनी २ लाख ५० हजार रुपैयाँ माग गरेपछि पीडित प्रहरीसमक्ष पुगेका थिए ।
प्रहरीले पक्राउ परेकाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २५३ अनुसार आपराधिक लाभमा अनुसन्धान गरिरहेको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।