एजेन्सी । जापानी कमेडियन केन शिमुराको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ७० वर्षीय शिमुरालाई कोरोना भाइरसको संक्रमणपछि निमोनिया भएको र त्यसैका कारण आइतबार मृत्यु भएको जापानी समाचार संस्था क्योदोले जनाएको छ ।
केन कोरोना भाइरसबाट सङ्क्रमित हुने पहिलो जापानी स्टार हुन्। उनी सन् १९७० को दशकदेखि जापनका चर्चित र उत्कृष्ट कमेडियनका रुपमा परिचित थिए। उनले विभिन्न टेलिभिजन शोहरुमा ‘बाका तोनोसामा (मुर्ख भगवान्), ‘हेन्ना ओजिसान’ (अचम्मका काका) लगायतका चरित्र निभाएका थिए। जापानमा हालसम्म कोरोनाका कारण ५४ जनाको मृत्यु भएको छ भने एक हजार ८ सय ६६ जना संक्रमित भएका छन्