कोजाग्रत पूर्णिमाको दिन राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुर पुगेर नवदुर्गा द्योछें देवता घरमा नवदुर्गा भवानीको दर्शन गरेकी छन् ।
राष्ट्रपति भण्डारीलाई गुठीका नाइकेले नवदुर्गाको प्रसादको रुपमा फूलमाला‚ विमिरोलगायत प्रसाद प्रदान गरेका थिए ।
यसअघि राजाले देवताघरमा पुगी नवदुर्गा भवानीको दर्शन गर्ने गरेका थिए । त्यहाँ नेकपा एमालेका नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेत समेत सहभागी भएका थिए ।
हेरौं तस्विरहरू