प्रतिनिधिसभाको आइतबारको बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध पारेका छन् ।
नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरेका छन् ।
एमालेले यसअघि भदौ २३ र २५ गतेको बैठकमा पनि अवरोध गरेको थियो। सभामुख अग्नि सापकोटा एमाले विभाजनको मतियार बनेको भन्दै एमालेले विरोध गर्दै आएको छ।
सांसदहरूलाई ओलीको निर्देशन : ‘सभामुखलाई माइक नहान्नू, अरूको काँधमा नचढ्नू’
नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय मर्यादामा बसेर विरोध गर्न सांसदहरुलाई निर्देशन दिएका छन्। प्रमुख प्रतिपक्षी दल फुटाउन सभामुखको ‘षड्यन्त्रपूर्ण संलग्नता’ भएकाले संसदको अवरोध कायम राख्ने समेत उनले बताएका छन्।
शुक्रबार प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा एमाले सांसदहरुले रोष्टममा चढ्ने प्रयास तथा गृहमन्त्रीको माइक खोसेपछि ओलीले यस्तो निर्देशन दिएका हुन्।
उक्त घटनाको चर्को आलोचना भएपछि सांसदहरुलाई प्रशिक्षित गर्न भन्दै एमालेले आइतबार संसदीय दलको बैठक राखेको थियो।
केही तस्विरहरू