‘कभि खुसी कभी गम’ मा जिरो फिगर वाला ‘पु’ को अभिनय गरेकी करिना कपुर योगा गर्ने सेलिबेटीमा पर्छिन् ।
दुई ओटा सन्तानलाई जन्म दिएकी करिनाले आफूलाई फिट राख्न कुनै पनि कसर बाँकी राख्दिन्न ।
दोस्रो सन्तानको आगमन भएपछि उनले आफ्नो तौल धेरै नै घटाएकी छिन् ।करीना कपूर खान डेलिभरी भएको केही दिनमा नै फिल्मको सेटमा आएकी थिइन् ।
आफ्नो स्वास्थ्यलाई मेन्टेन गर्दै सो तथा एडमा समेत देखिएकी करीना अहिले शुटिंगमा देखिएकी छिन् ।
अहिले उनको प्रेग्नेन्सी बुक एकदमै चर्चामा रहेको छ । यस किताबमा करीना कपुर खान आफ्नो दुई बच्चाको प्रेग्नेन्सी जर्नीको बारेमा बताएकी छिन् ।
करीनाले आफ्नो यस किताबमा गर्भावस्था सँग जोडिएका सबै कुराहरू बारे लेखेकी छिन् ।
करीनाले गर्भ अवस्थामा सेक्स गर्ने तथा सेक्स पोजिसनको बारेमा बताएकी छिन् । करीनाले एक न्युज पोर्टल सँग अन्तर्वार्ता दिँदै जानेर बुझेर उनले किताबमा सेक्स ड्राइभको बारेमा लेखेकी छिन् ।
करीनाले भनेकी छिन्– कुनै पनि खुट्टाको सुजन, बेलचिंग, कपाल झर्ने, मुड स्विंग तथा सेक्सी फिल गर्ने विषयमा कोही पनि कुरा गर्न चाहँदैन ।
यो एक कारण पनि थियो कि मैले आफ्नो किताबमा सेक्सको जिकिर गरेको छु । उनका अनुसार भारतका सबै महिलाहरू यस विषयमा कुरा गर्न अझै पनि डराउने गरेका छन् ।
जबकि यो विषयहरूमा खुलेर कुरा गर्न आवश्यक रहेको उनी बताउँछिन् । उनले आफ्नो किताबमा सेक्सका बारेमा खुलेर कुरा गरेकी छिन् ।
यस किताबमा उनले सेक्स पोजिशन, सी–सेक्सनको ट्रमाको बारेमा पनि बताएकी छिन् । उनले यस किताबमा स साना कुराहरू देखी लिएर ठुला ठुला कुराहरू समेत समेटेकी छिन् ।
उनले आफ्नो किताबमा गर्भ अवस्थाका बेला पुरुष साथी सेक्सलाई लिएर एकदमै सर्पाेटिभ हुन आवश्यक रहेको समेत बताएकी छिन् ।
उनले यो बेला पतिले पत्नीलाई सेक्सको लागि फोर्स गर्न नहुने समेत बताएकी छिन् ।