कैलाली । बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडीमालिका नगरपालिका–९ चौराटाका ४२ वर्षीय तारा विष्टको घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको बताइएको छ ।
उनका आफन्तका अनुसार अबेरसम्म घर नफर्किएका उनको खोजी गर्दा सोही वडास्थित जन्नौटी भीरबाट लडेर मृत अवस्थामा फेला परेका थिए ।