पोर्नोग्राफिक सामग्री उत्पादन र वितरण गरेको आरोपमा पति राज कुन्द्रा पक्राउ परेपछि अभिनेत्री शिल्पा शेट्टीले कुन्द्राको कम्पनीबाट राजीनामा दिएकी छिन् ।
राज कुन्द्राको कम्पनी वियान इन्डष्ट्रिजको निर्देशक पदबाट शिल्पा शेट्टीले राजीनामा दिएको भारतीय मिडियाले जनाएका छन् ।
शिल्पा राजका अधिकांश व्यवसायमा सझेदार थिइन् ।
शिल्पा पनि मुम्बइ पुलिसको राडारमा छिन् ।
सूत्रका अनुसार क्राइम ब्रान्चको टिमले यो पूरा मामिलामा शिल्पाको संलग्नता कति छ भनेर जाँच गरिरहेको छ ।
क्राइम ब्रान्चको टिमले यसरी आएको पैसाबाट शिल्पाले कुनै लाभ लिइन् वा लिइनन् भन्ने पनि जाँच गरिरहेको छ ।
क्राइम ब्रान्च शिल्पाका बैंक खाताको पनि जाँच गरिरहेको छ ।
यसबाहेक शिल्पाले वियान इण्डष्ट्रिजको निर्देशकको रुपमा कति समयसम्म काम गरिन् भन्ने पनि जाँच भइरहेको छ ।