कैलाली प्रहरीले लागुऔषधिसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्लाकाे धनगढी र भजनीबाट मंगलबार लागुऔषधिसहित दुई जना लाई पक्राउ गरेकाे हाे ।
पक्राउ पनेमा कञ्चनपुरको पुर्नसवास नगरपालिका–११ का २२ वर्षीय केसर राई र भजनी नगरपालिकाका – ८ चर्राका ३० वर्षीय दिनेश चमार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
राईको साथबाट लागुऔषधि नाइट्राभेट–३० ट्याब्लेट र स्पास–१६ ट्याब्लेट फेला परेको हाे,भने चमारकाे साथबाट ५ ग्राम खैरो हेरोइन नामक लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।