नेपाली काँग्रेसको १४ औ महाधिवेशन नजिकिँदै जाँदा काँग्रेस भित्र आकाङ्क्षा व्यक्त गर्नेहरूको सङ्ख्या बढिरहेको छ । सुदूरपश्चिम प्रदेशमा केन्द्र, प्रदेश र जिल्ला गरी १५ जनाले दाबी पेस गरिरहेका छन् । जिल्ला सभापतिका लागि ५ जना आकाक्षि देखिएका छन् ।
दुई पटक सम्म सभापति भइसकेका नरनारायण शाह (मनु) अहिले प्रदेश सभापतिको लाइनमा छन् । यता कैलालीमा सभापतिको लागि नारायण दत्त भट्ट,प्रकाश बम,गणेश देउवा,भीम बडूवाल र खेमराज चौधरी रहेका छन् । ५ जना मध्ये भट्ट, बम र चौधरीको सम्भावना बढी रहेको बताइएको छ । भट्ट पूर्व उपसभापति हुन् भने ,बम वर्तमान उपसभापति तथा पूर्व सचिव हुन् ।
देउवा र बडूवाल भन्ने गत निर्वाचनमा सभापतिमा लडेका थिए । चौधरी तत्कालीन क्षेत्रीय सभापति हुन् ।सचिवका लागि नृप सुनार र केशव मिश्र लबिङमा छन् । सुनार जिल्ला सदस्य,नेविसघंका पूर्व केन्द्रीय सदस्य,तरण दलका पूर्व केन्द्रीय सदस्य र पार्टी प्रशिक्षण विभागका प्रमुख हुन् । मिश्र नेविसघंका पूर्व केन्द्रीय हुन् ।पार्टीको विधान अनुसार १ सभापति सहित २ जना उपसभापति,२ जना सचिव,२ जना सहसचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ । प्रदेश र जिल्लामा पौडेल पक्ष भन्दा देउवा पक्ष बलियो देखिएको छ ।
यस्तै प्रदेश सभापतिको दौडमा अहिले सम्म ५ जना देखिएका छन् । दुई पटक कैलाली जिल्लाको सभापति भइसकेका नरनारायण शाह (मनु) पनि प्रदेश अध्यक्षको लबिङमा छन् । कञ्चनपुरका बहादुर सिंह थापा, बझाङका अर्जुन जग बहादुर सिंह, अछामका बलबहादुर कुवर र अछामकै गोविन्द शाह रहेका छन् ।थापा कञ्चनपुरका पूर्व पार्टी सभापति हुन् । शाह पूर्व राज्यमन्त्री हुन् ।
५ जना मध्य नरनारायण शाह (मनु) को सम्भावना बढी देखिएको काँग्रेस नेता कार्यकर्ताहरू बताउँछन् ।‘उहाँ खुलेरै लाग्नु भएको छ तर, अरू आकाङ्क्षी मात्रै देखिएका छन्’ काँग्रेसका एक नेताले भने, ‘अन्तिम सम्म अरू केही फिर्ता पनि हुन सक्नु हुन्छ ।’केन्द्रीय पदाधिकारीमा पनि प्रदेशका ५ जनाले दाबी पेस गरिरहेका छन् ।रमेश लेखक,एन पी साउद, दिलेन्द्र बडू, बदी पाण्डे र ईश्वरी न्यौपाने पदाधिकारीका लागि दौडमा छन् । रमेश लेखक,एन पी साउद र दिलेन्द्र बडू महामन्त्रीको लबिङमा छन् ।
उनीहरू निकटका नेताका अनुसार महामन्त्रीको दौडमा रहेको तीनै जना अन्तिममा सह महामन्त्री सम्म भएपछि दाबी गर्ने बताउँछन् ।आरक्षण कोटा (पिछडिएको क्षेत्र) बाट पाण्डेले सह महामन्त्री र महिला कोटाबाट न्यौपाने पनि सह महामन्त्रीमा दाबी गरेकी छन् ।
आकाङ्क्षी : नेपाली बृहत् शव्दकोशको दसौँ संस्करणका अनुसार