अभिनेता तथा मोडल पुष्प खड्काको आज जन्मदिन परेको छ । उनी आजबाट ३४ बर्षमा लागेका छन् । जन्मदिनको अवसरमा उनलाई विहानैदेखी शुभकामनाको ओइरो लागेको छ ।
चलचित्र अझै पनि बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेका उनले अहिलेसम्म खेलेका चलचित्र दर्शकले रुचाएका छन् । उनले चलचित्र ‘मंगलम’बाट ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत जितेका थिए ।
पुष्प खड्काले किने कार
नेपाली सिनेजगतका कलाकार तथा गायककारहरुका लागि अब आफ्नै कार चढ्ने रहर परको कुरा भएन ।
नेपाली सेलीब्रेटीहरुले पछिल्लो समय आफ्नै मेहनत र लगनका कारण निक्कै उन्नती गर्दै गईरहेका छन् ।
केही समय अघि गायक प्रकाश सपुतले कार खरीद गरेर सामाजिक सञ्जाल निक्कै तातिएको थियो ।
उनले गर्दा यहि क्षेत्रमा पनि कार चढ्न सकिदो रहेछ है भन्ने सन्देश दिएका थिए । अब त्यस्तै नेपाली सिनेजगतका अर्का नायकले पनि यहि सन्देश दो¥याएका छन् ।
पछिल्लो समय निक्कै ब्यस्त देखिने गरेका नायक पुष्प खड्काले पनि कार खरीद गरेका छन् । हुन त यो बेला सिनेजगत पुरै ठप्प छ तर पनि नायक पुष्प चलिनै रहेका छन् ।
एउटै कारण हो उनलाई म्युजिक भिडियोमा भ्याई नभ्याई रहेको छ । पुष्प खड्काले आफुले कार किनेको आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन् ।
सोमबार उनले ७० लाखमा क्रेटाको कार खरीद गरेका हुन्। सेतो रंगको कारको घरमा पुजा गरिरहेको फोटोहरु उनले फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।
उनले पुजा गरेको फोटोहरु हाल्दै क्याप्सन लेखेका छन् -सानो पाईला इज टेकिङ बिगर स्टेप । उनको यो क्याप्सनले प्रष्ट यो भनिरहेको छ कि सानो कदम बाटै ठुलो ठाउँमा पुग्न सकिन्छ ।
पुष्प कैलालीमा जन्मिएका उनले दर्पण छाया, मंगलम, मन संग मन , तिम्रो मेरो साथ लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् ।