केपी शर्मा ओली समर्थित राष्ट्रिय युवा सङ्घ नेपालले आज नयाँ बानेश्वरमा रौतहट नरसंहारका योजनाकार मानिने अफ्ताब आलम र धरौटीमा छुटेका ललिता निवास जग्गा प्रकरणका आरोपी विजय कुमार गच्छदार को पुत्ला जलाएका छन् ।
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सरकार सञ्चालन गरेसँगै गच्छदार १० लाख धरौटीमा रिहा भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले बालुवाटारमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मुख्य भूमिका खेलेको आरोप लागेको थियो ।
ललिता निवास प्रकरणमा विशेष अदालतले दीप बस्न्यातलाई गत मंसिर २८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। बस्न्यात सर्वोच्चको आदेशपछि पाँच लाख धरौटी बुझाएर छुटिसकेका छन्।
युवा संघले आलमलाई पनि सरकारले रिहा गर्न सक्छ भन्दै आजको विरोध प्रदर्शन गरेका हुन् । आजको प्रदर्शनमा प्रदर्शनकारी र सुरक्षाकर्मी बिच सामान्य मुठभेट भएको छ ।
तस्बिरहरू