
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल अस्वस्थ भएका छन् । केही दिन अघि मात्रै थाइल्याण्डबाट फर्किएका मन्त्री पौडेल अस्वस्थ भएको स्वकीय सचिव अशोक भट्टराईले जानकारी दिए ।
अस्वस्थ भएसँगै मन्त्री पौडेल आइतबार वीर अस्पताल भर्ना भएका छन् । स्वकीय सचिव भट्टराईका अनुसार मन्त्री पौडेललाई रुघाखोकीलगायतको समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन्।