
कतार । प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा. फिलिप एम. पांगोबीच आज कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन जाँदै गरेका दुवै नेताबीच भएको भेटमा नेपाल र तान्जानियाबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भयो।
भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी थिए।