नेपाली रजतपनमा स्थापित हुने सपनाका साथ करिब आधा दशकअघि मोडलिङ क्षेत्रमा सक्रिय मोडल तथा नायिका निशा घिमिरे अचानक जीवन र मृत्युको दोसाँधमा पुगेकी छिन् ।
कलाकारिता क्षेत्रमा रमाउने चाहाना, ट्रकले उजाडिदियो
नेपाली रजतपनमा स्थापित हुने सपनाका साथ करिब आधा दशकअघि मोडलिङ क्षेत्रमा...
शुक्रवार, जेठ २८ २०७८भोजपुरी फिल्म मधेसी पुत्र २ का साथमा डियर जिन्दगीलगायतका केही टेलिसिरियलकी अभिनेत्री तथा काठे लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निस्ठुरीको फोटोजस्ता करिब दुई दर्जन म्युजिक भिडियोकी मोडल निशाको सानैदेखि कलाकारितामार्फत नाम कमाउने सोच थियो।
त्यो दुर्घटना जसले नीशाको अस्थिपञ्जर मात्र बाँकी गरायो
सामाजिक सञ्जालमा अहिले नीशा घिमिरेका तस्विरहरु चर्चामा छन् । उनका केही...
बिहीबार, जेठ २७ २०७८त्यही अभिलाषाका साथ कला क्षेत्रमा होमिएकी निशाको जीवन यति बेला अन्धकारले ढाकेको छ।
कलाकारितामा सफलता प्राप्त गरिरहँदा यो क्षेत्रमा अझै राम्रो गर्ने सोचले अभिनयमा डिप्लोमा कोर्स गर्नका लागि साढे दुई वर्षअघि भारतको देहरादुन पुगेकी निशा त्यहाँ पुगेको करिब डेढ महिनापछि नै कार दुर्घटनामा परी गम्भीर घाइते हुन पुगिन्।
उनी चढेको कारलाई विपरीत दिशाबाट आइरहेको ट्रकले ठक्कर दिएपछि अचेत बनेकी उनको उपचारको क्रममा होस त आयो तर, त्यो गम्भीर दुर्घटनापछि उनी न बोल्न सक्छिन्, न त हिँडडुल गर्न नै।
तर अहिले उनको जीवनले नयाँ रङ ल्याउने आशा गरिएको छ । उनी अहिले नर्भिक अस्पतालमा उपचाररत छिन् । नर्भिक अस्पतालमा उपचार सुरु भएपछि मोडल निशा घिमिरेको अनुहारमा चमक देखिएको छ । जीवन मरणको दोसाधमा रहेकी उनको अस्पतालको बेडबाट ताजा तस्वीर सार्बजनिक भएको छ । जस्मा उनी मन्द मुस्कुराईरहेको महसुस गर्न सकिन्छ ।