एउटा कस्टमर पैसा निकाल्नका लागि बैङ्कमा गयो । क्यासियरले भुक्तान गर्यो … कस्टमरले चुपचाप पैसा आफ्नो झोलामा हालेर गयो । एक लाख चालीस हजार रुपैयाँ निकालेको थियो ।
तर क्यासियरले गल्तीले कस्टमरलाई एक लाख चालीस हजार रुपैयाँको सट्टामा एक लाख साटी हजार रूपैया दियो । कस्टमरले यो देखेको थियो…तर उसले यो देखाए जस्तो गर्यो कि उसले त्यो पैसा गणना गरेन र उसलाई क्यासियरको इमानदारीमा पूर्ण विश्वास छ… चुपचाप पैसा ब्यागमा राख्यो र बैङ्कबाट बाहिर निस्क्यो ।
बाटो भरी र घर पुगिसके पछि पनि गल्तीले क्यासियरले दिएको थप २० हजार रुपैयाँ लाई लिएर उसको दिमागमा विभिन्न प्रकारका विचारहरू आउन थाले…..! उसको एक दिमागले भन्छ कि बढी आएको यो २० हजार रुपैयाँ फिर्ता गर्नु पर्छ…तर अर्को दिमागले भन्छ कि जब म गल्तीले कसैलाई बढी पैसा दिन्छु, मलाई कसले फिर्ता गर्छ ?
एउटा दिमागले बारम्बार भनिरहेको थियो कि, पैसा फिर्ता गर … तर हरेक पटक अर्को दिमागले केही न केही कारण देखाएर पैसा फिर्ता नगर्ने बहाना देखाई दिन्थ्यो । मानिस भित्र “हृदय र दिमाग” मात्र हुँदैन ..! तर त्यहाँ “अन्तस्करण” (holy soul) पनि हुन्छ जसले परमेश्वरलाई प्रतिनिधित्व गर्दछ । मानिसको अन्तस्करणले उसलाई कुचल्न थाल्यो…..
भित्रबाट आवाज आई रहेको थियो कि तैँले कसैको गल्तीको फाइदा लिनमा चुकिरहेको छैनस् र त्यसमाथि आफू बेइमान नहुनुको नाटक पनि गर्दैछस् ..! के यही हो तेरो इमानदारिता ? उसको बेचैनी बढ्दै थियो ……! अचानक उसले झोलाबाट बीस हजार रुपैयाँ निकाल्यो र आफ्नो खल्तीमा राख्यो र बैङ्कतर्फ हिँड्यो……! अब उसको बेचैनी र तनाव बिस्तारै हुन कम थाल्यो …! उसले आफूलाई हल्का र स्वस्थ महसुस गर्न थाल्यो…..!
यद्यपि उ बिरामी थिएन, तैपनि उसले आफूलाई कुनै ठुलो रोगबाट छुटकारा पाइरहेकोझैँ महसुस गरी रहेको थियो …। उसको अनुहारमा युद्ध जितेको जस्तै खुशी प्रस्ट देख्न सकिन्थ्यो…।
क्यासियरले आफ्नो पैसा पाए पछि शान्तिको सास फेर्यो र कस्टमर प्रति आभार प्रकट गर्दै आफ्नो खल्तीबाट एक हजार रुपैयाँको नोट निकालेर कस्टमरलाई दिँदै भन्यो, “सर ! तपाईँलाई धेरै धेरै धन्यवाद, आज मेरो तर्फबाट बच्चाहरूको लागि मिठाइहरू लिएर जानुहोला…। कृपया इन्कार नगर्नुहोला……!”
“क्यासियर साहब, तपाईँको यस आदर र सम्मानका लागि धन्यवाद ! तर, वास्तवमा भन्ने हो भने आज म तपाईँको धेरै आभारी छु र आज म तपाईँलाई मिठाई खुवाउनेछु” ….. कस्टमरले भन्यो । क्यासियरले आश्चर्यचकित हुँदै सोध्यो, “सर ! तपाई के को लागि धन्यवाद दिई रहनु भएको छ र कस्तो खुशीमा मिठाइहरू खुवाउँदै हुनुहुन्छ…?”
ग्राहकले जवाफ दियो, “तपाईँले गल्तीले दिनुभएको बीस हजार रुपैयाँले मलाई “आत्म-मूल्याङ्कन” गर्ने अवसर दियो । यदि तपाईँले यो गल्ती न गरेको भए…. न त म दिमागी द्वन्द्वमा फस्ने थिएँ न म अन्त:स्करणको आवाज सुनेर यसबाट बाहिर निस्केर आफ्नो “लोभवृत्ति” माथि नियन्त्रण गर्न सक्ने थिएँ । यो धेरै गाह्रो काम थियो … घन्टौँको द्वन्द्व पछि मात्र मैले जितेको थिएँ, यस दुर्लभ अवसरको लागि धन्यवाद ।
साथीहरू,
यदि तपाई सँग पनि कहिले काहीँ यस्तो भएको छ भने प्लिज पैसा आफै अवश्य फिर्ता गरी हाल्नुहोला । किनकि बेइमानीको पैसा शरीर को एक एक अंग फुटालेर बाहिर निस्किन्छ । “ईमानदारीताको नाटक गर्नु” र “इमान्दार हुनु” मा जमिन-आकाशको फरक छ ! जो “प्राप्त” छ त्यही “पर्याप्त” छ । घर भित्रै बस्नुहोस्, सुरक्षित रहनुहोस् ।