कञ्चनपुरमा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।जिल्लाको कृष्णपुर नगरपालिका–६ मौरीफाँटामा से१त ४४४१ नम्बरको ट्रयाक्टरले से३प ३००५ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो।
ठक्करबाट मोटरसाईकलमा सवार सोही ठाउँका २८ वर्षीया प्रकाश रोकाया र ३० वर्षीय सुरेश जप्रेलको मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट गुलरियाले जनाएको छ ।दुर्घटनामा गम्भीर घाईते भएका उनिहरुलाई उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढीमा पठाईएको थियो ।
उपचारका क्रममा दुवै जनाको मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट गुलरियाका हवल्दार नविन प्रासद जोशीले बताए । ट्रयाक्टर चालक फरार रहेको र खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।