किम्बदन्ती अनुसार एक दिन गाई चराउन गएको गोठालोले आफूसित लगेको रोटी जब पोखरीको किनारमा बसी खान खोज्दा जति पल्ट रोटी निकालेर खान खोज्यो उति पल्ट उसका सबै रोटी तलाउमा झरे, अनि उ आफै तलाउमा हामफालेर हेर्छ त उसकी स्वर्ग बासी आमा पो उक्सा रोटी जति सबै हातमा लिएर बसेको देखेरे गोठालोले कर गर्यो आमालाई आफैसित घर लान । आमा मानिन्न गोठालो ले पनि जिद्दी कस्यो आमालाई घर नलिइ जान्न भनेर ।
अनि आमाले केही सिप नलागे पछि प्रत्येक वर्ष आजकै दिन आफू यही पोखरीमा आउने र दर्शन दिने बताए पछि गोठालो घर फर्कियो । अनि गाँउ भरिका मान्छेहरू प्रत्येक वर्ष उक्त तलाउमा ज्यादै आफ्नी स्वर्ग बासी आमाको दर्शन गर्न थाले र त्यही दिनलाई मात तीर्थ औली को रूपमा मनाउन थाले । कालान्तरमा एक वर्ष एउटी नारी धेरै समय सम्म प-खँदा पनि आमाले दर्शन नदिएर उक्त तलाउमै हाम फालेर मरिन त्यस बर्सबाट आमाको तस्बिर तलाउमा देखिन छाडेको किम्बदन्ती छ भनिन्छ.आज पनि आमा नभएका हरू उक्त तलाउमा माता तीर्थ औली को दिन नुहाउँछन् जसलाई माता तीर्थ कुण्ड भनिन्छ ।
माता चन्द्रमा हो । आमाको आशिर्वाद र अस्तित्व रहुञ्जेल हामी अत्यन्तै भाग्यमानी हौं । जन्मकुण्डलीको चौथो भाग आमा हुन् । आमा चन्द्रमा हुन् । जिवनमा उन्नती प्रगती गर्न आमाको आशिर्वाद चाहिन्छ । बाँकी कुरा भिडियोमा हेर्नुहोस