सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल कोरोना संक्रमितले भरिएको छ । अस्पतालको आकस्मिक कक्ष, ग्यालेरी समेत संक्रमितले भरिएका छन्। संक्रमितहरुको उपचारका लागि बेडको समेत अभाव भएको छ । उपचारका लागि अस्पताल पुगेका संक्रमितहरु बेड नपाएपछि भुईमै बस्न थालेका छन्। अस्पतालले उनीहरुको उपचार भुई मै राखेर भएपनि गरिरहेको छ ।
पछिल्लो समयमा कैलालीमा सङ्क्रमति बढ्न थालेपछि प्रदेश सरकारले थप ५० बेडको अक्सिजन सहितको आइसोलेसन वार्ड सञ्चालनको तयारी थालेको छ । प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयले धनगढीको कोरोना अस्पताल छेउमै अक्सिजन सहितको आइसोलेसन वार्ड सञ्चालनको लागि काम थालेको हो ।
धनगढी स्थित हाल सञ्चालनमा रहेको कोरोना अस्पताल नजिकैको शुभम् आवास गृहको हलमा थप ५० बेडको अक्सिजन सहितको आइसोलेसन वार्ड सञ्चालनको कार्य भइरहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।
सेती अस्पताल पुगेर केटिएम दैनिकका धनगढी संवाददाता पुस्कर पौडेलले पठाएका तस्विहरू