आज (आइतबार) नेपालमा एकैदिन १० जनामा कोरोना भाइरस भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले प्रेस ब्रिफिङ्गमा सो कुरा बताएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ पोर्टलमा पनि संक्रमितको संख्या ६९ पुगेको जानकारी अपडेट गरिएको छ ।
प्रवक्ताले दिएको जानकारी अनुसार आज संक्रमण देखिएकामध्ये ५ जना पुरूष र ४ जना महिला छन्। उनीहरू ७ देखि ५८ वर्ष उमेरका छन्। नेपालगञ्जका ९ जनामा आज कोरोना संक्रमणको पुष्टि भएको हो ।
त्यस्तै आजै पर्साको वीरगन्जमा एक जना पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको छ। वीरगन्ज ३ छपकैया ३६ वर्षीय पुरूषलाई कोरोना पुष्टि भएको हो।
तीमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
उपचार गरेर घर गएका रौतहटका एक युवालाई भने आइतबार फेरि अस्पताल भर्ना गरिएको छ।