अभिनेत्री नेहा शर्मा फिल्महरूमा कमै देखिन्छन्, तर पनि उनि इन्स्टाग्राममा निकै एक्टिभ रहन्छिन । नेहा शर्मा सोशल मिडियामा धेरै सक्रिय छिन् र उनले रोचक शैलीमा फ्यानहरूको मन जित्न सफल हुन्छिन।
उनी फिल्महरूमा कमै देखिन्छन्, तर पनि उनि इन्स्टाग्राममा निकै एक्टिभ रहन्छिन । नेहा शर्मा सोशल मिडियामा धेरै सक्रिय छिन् र उनले रोचक शैलीमा फ्यानहरूको मन जित्न सफल हुन्छिन। नेहा फेरि उनको बोल्ड अवतारमा तस्बिर सेएर गरिन । जुन निकै आकर्षक छन ।
यी फोटोहरूमा नेहा शर्मा पौडी खेल्ने पोखरीमा बसेको देखिन्छ, नेहाका यी तस्बिरहरूमा फ्यानहरूको जबरदस्त प्रतिक्रिया आएको छ।
नेहा शर्मा “क्रुक, क्या सुपर कूल है हम, यंगिस्तान, यमला पगला दीवाना, तुम बिन २, मुबारकन र तन्हाजी” जस्ता फिल्महरूमा देखा परिसकेकी छिन ।
सोशल मिडियामा नेहाका लाखौं फ्यानहरू छन्, जसले उनको फोटोमा मन खोलेर र टिप्पणीहरू दिन्छन मन पराउँछन् ।
सोशल मिडियामा नेहा शर्मा कहिले काँही आफ्नो पारंपरिक लुकमा स्क्यान्डल गर्दछन्, कहिले ग्लैमरस स्टाइल र कहिले बोल्ड अवतारमा। हेरौ उनको केही सुन्दर तस्बिरहरु …
नेहा शर्मा को जन्म २१ नोभेम्बर १९८७ मा भारतको बिहार राज्यमा रहेको भागलपुर भन्ने स्थानमा भएको हो । ३३ वर्षकी नेहाले नयाँ दिल्लीको नेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीबाट फेसन डिजाइनको कोर्स गरेकी छिन् ।
शर्माको पहिलो भूमिका सेप्टेम्बर २८, २००७ मा प्रदर्शित भएको तेलुगु चलचित्र चिरुथामा थियो। उनको पहिलो हिन्दी चलचित्र मोहित सूरीद्वारा निर्देशित क्रूक अक्टुबर ८, २०१० मा प्रदर्शित भएको थियो। कुणाल कोहली निर्देशित २०१२ को प्रेमप्रसङ्गयुक्त हास्य चलचित्र तेरी मेरी कहानीमा शर्माले क्यामियो भूमिका खेलेकी थिइन्। उनी अर्ध-हिट क्या सुपर कूल है हममा धेरै प्रशंसनीय भएकी थिइन्।
उनका बुबा अजीत शर्मा एक व्यापारीबाट राजनीतिज्ञ बनेका भारतीय राष्ट्रिय काङ्ग्रेस पार्टीको प्रतिनिधित्व गर्ने भागलपुरका विधायक हुन्। शर्माले विभिन्न चुनावमा बुबाको लागि प्रचार गरेकी थिइन्। शर्माका तीन भाइ बहिनीहरू छन्। उनले बाल्यकालमा गम्भीर दममा रहेको कुरा स्वीकारिन् र शारीरिक रूपमा सँधै अस्वस्थ र कमजोर थिइन्।
उनको निजी शौख खाना बनाउनु, सङ्गीत सुन्नु, पढ्नु र नृत्य गर्नु हो। उनले लन्डनमा पाइनएप्पल डान्स स्टुडियोजबाट स्ट्रिट हिप हप, ल्याटिन डान्सिङ साल्सा, मेरेन्गु, जिभ र ज्याज पनि सिकेकी छिन्।
अभिनेत्री शर्माले सेल्फी खिच्दा भाइरल भएको तस्वीरको सत्यता यस्तो
चर्चित बलिउड अभिनेत्री नेहा शर्माको वर्ष दिन पुरानो तस्बिर अहिले खुबै भाइरल भइरहेको छ । नेहाले ट्वीटरमा आफैंले एउटा सेल्फी पोस्ट गरेकी थिइन् । यो फोटो कुनै होटलको कोठाको जस्तो देखिन्थ्यो । बलिउडको दुनियाँ बाहिरबाट जति चमकदार देखिन्छ भित्र भने त्यस्तो हुँदैन ।
बलिउडमा अभिनेत्रीहरु केहीले निकै सफलता पाइरहेका छन् केही भने निकै संघर्ष गरिरहेका छन् । अर्कोतर्फ केही कलाकार आफैंले चाहेर विवादित बन्छन् भने केहीलाई अरुले विवादित बनाइदिन्छन् । अरुका कारण बदनाम हुनुपर्ने अनित्रीको सुचीमा नेहाको नाम पनि आएको हो ।
एउटा सेल्फी अरु कसैले सम्पादन गरेर ट्वीटरमा अपलोड गरिदिँदा उनले धेरै बदनामी खेप्नु परेको थियो । अहिले उनको त्यही तस्विर भाइरल भइरहेको छ ।
उनले आफ्नो फोटो सम्पादन गरेको उल्लेख गर्दै प्रश्न गरिन् ‘आखिर मानिसहरु कतिसम्म तल झर्न सक्छन् ?’ नेहाले ट्वीटरमा आफैंले एउटा सेल्फी पोस्ट गरेकी थिइन् । उनले अपलोड गरेको फोटो सामान्य थियो तर कसैले यो फोटो डाउनलोड गरेर सम्पादन गरी पुनः ट्वीटरमा पोस्ट गरिदियो ।
ती व्यक्तिले यो फोटो एडिट गरेर त्यसमा से’क्स टो’य थपिदिएका कारण नेहाको फोटो निकै भाइरल भयो । केही प्रयोगकर्ताले यसलाई साँच्चैको ठानेर रिट्वीट गरिदिँदा यो फोटो त्यो बेला खुबै भाइरल भएको थियो । यसका कारण नेहाले बदनामीको सामना गर्नुपर्यो ।
फोटो भाइरल भएपटि ट्वीटरमा विभिन्न प्रतिक्रिया आउन थाले । केहीले कुरै नबुझी नेहालाई अ’पशब्द समेत भन्न भ्याए केहीले भने नेहाको साथ दिए ।
जब यो फोटो स्वयं नेहाले देखिन् त्यसपछि उनले वास्तविक फोटो पोस्ट गर्दै यो सबै फोटो बिगारेर बद’नाम गराउने ग’लत नियतले गरिएको बताइन् । त्यसपछि नेहालाई गाली गर्नेहरुको भीड कम भएको छ ।