भारतमा कोरोनाको संक्रमण तिब्र रुपमा फैलिरहेको छ । त्यसबाट सुटिङमा रहेका बलिउडकर्मी पनि अछुतो रहेका छैनन् । आमिर खान, रणवीर कपुर,आलिया भट्ट, मनिष मल्होत्रा, सोनु सुडलगायतका कयौं कलाकारहरुमा कोरोना संक्रमण भइसकेको छ ।
शनिबार यो सुचीमा दुईजनाको नाम थपिएको छ । अर्जुन रामपाल र निल नितिन मुकेश पनि कोरोना संक्रमितको सुचीमा परेका छन् । उनीहरुले आफ्नो सामाजिक सञ्जालमार्फत संक्रमित भएको जानकारी दिदै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् ।