सुर्खेत – दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गर्ने भएका छन् । मङ्सिर १६ गते बिहान १० बजे प्रधानमन्त्री शाहले प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।
राष्ट्रिय खेलकुद परिषद्ले शनिबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री शाहबाट प्रतियोगिताको उद्घाटन हुने जानकारी दिएको हो । परिषद्का अनुसार उद्घाटन समारोहलाई भव्य बनाउन आवश्यक तयारीसमेत पूरा गरिएको छ ।
मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू भने मङ्सिर ८ गतेदेखि नै सुरु भइसकेका छन् । हाल नौवटा खेल सञ्चालनमा रहेका छन् भने पौडी प्रतियोगिता सम्पन्न भइसकेको छ ।


